२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा (नामसहित)

काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

गत भदौ २३ र २४ गते, राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै जेनजीहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गरिएको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति, अन्य सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनका आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको हो। अन्य थपको बारेमा अध्ययन भइरहेको छैन।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस