२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

अन्ततः रवि लामिछाने निर्दोष सावित

काठमाडौं। रास्वपा सभापति रवि लामिछाने जेनजी आन्दोलनका बेला जेलबाट भगाएको भनिएको विवादमा निर्दोष प्रमाणित भएका छन्।

नख्खु कारागार प्रमुख सत्यराज जोशीले जेनजी समूहबाट कारागार जलाउने धम्की आएपछि दबाबबिना विवश भएर हस्ताक्षर गरेको स्वीकार गरेपछि नयाँ तथ्य सार्वजनिक भएको हो।

जोशीले जाँचबुझ आयोगमा ज्यानको डरका कारण पत्रको व्यहोरा नहेरी हस्ताक्षर गरेको बयान दिएका छन्।

रवि लामिछानेमाथि पहिले “सेटिङमा बाहिरिएको” भन्दै मिडिया ट्रायल भएको थियो। तर हाल आएको प्रमाणले उनी निर्दोष रहेको पुष्टि गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस