२०८२ कार्तिक १९ गते मङ्गलवार | 2025 November 4th Tuesday

आजपनि ह्वात्तै घट्यो सुन चाँदीको मूल्य

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १४ सय रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन सोमबार तोलाको ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार (आज) घटेर ३ हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस