काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा देशभर १४१ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये उपत्यकामा मात्रै ९६ मुद्दा दर्ता भएको गृह मन्त्रालयले जनाएको छ।
त्यसैगरी कोशी प्रदेशमा ४, मधेसमा ६, बागमती र लुम्बिनीमा ११, गण्डकीमा ७, र कर्णाली तथा सुदूरपश्चिममा ३–३ मुद्दा दर्ता भएका छन्।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हालसम्म ३७५ जना पक्राउ परेका छन्। उनीहरूलाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजना जस्ता अभियोगमा पक्राउ गरिएको हो।
सरकारले आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडका घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार

