२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

गोरखाबाट समातिएका निकोलसलाई ठूलो झट्का, अदालतले के भन्यो ?

काठमाडौँ। विवादास्पद र भड्काउ अभिव्यक्तिका कारण पक्राउ परेका डा. निकोलस भूसालविरुद्ध प्रहरीले पाँच दिनको थप म्याद पाएको छ।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा भूसालमाथि अनुसन्धान जारी राख्न काठमाडौं जिल्ला अदालतले बुधबार पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो।

काठमाडौं प्रहरी परिसरका अनुसार भूसाललाई गोरखा नगरपालिका–८ सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरिएको थियो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

भूसालले यसअघि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मेयर बालेन शाह लगायतका सार्वजनिक व्यक्तिहरूमाथि हिंसात्मक र विवादास्पद टिप्पणी गरेका थिए।

त्यस्तै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए।

गत शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनमा भएको दमनको विरोध गर्दै ओली र लेखकलाई हत्याराको संज्ञा दिएका थिए। भदौ २३ गतेको उक्त आन्दोलनमा २२ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस