२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

मृत्यु हुनुभन्दा दुई साताअघि नै देखिने संकेत, वैज्ञानिकको नयाँ खुलासा

काठमाडौं । वैज्ञानिकहरूले मानिसको मृत्यु अघि शरीरमा देखिने संकेतहरू पत्ता लगाएका छन्। प्रायः मानिसहरू अचानक मृत्यु हुँदा आश्चर्यचकित हुन्छन् — एकछिन अघिसम्म ठिक देखिने व्यक्ति पलभरमै मृत्युको मुखमा पुग्छ। तर अब अध्ययनले देखाएको छ कि मृत्युको प्रक्रिया वास्तवमा दुई साताअघि नै सुरु हुन्छ।

लिभरपुल विश्वविद्यालयका मानद अनुसन्धान फेलो डा. सिमस कोयलका अनुसार, “मानिसको मुटु रोकिनु भन्दा करिब दुई साताअघि नै मृत्युको प्रक्रिया प्रारम्भ हुन्छ।”

उनका अनुसार, यस अवधिमा मानिसको शारीरिक अवस्था कमजोर हुन थाल्छ, हिँडडुलमा समस्या आउँछ, र खाना वा औषधि सेवन गर्ने क्षमता बिस्तारै हराउँछ।

डा. कोयलले भने, “कसैको मृत्यु हुनुअघि शरीरको सामान्य कार्य प्रणाली बिग्रिन थाल्छ। कतिपय मानिसहरू दुई–तीन दिनमै मर्छन् भने, केही मानिसहरू एक–दुई हप्तासम्म मृत्युको कगारमा बाँचिरहेका हुन्छन्।”

अध्ययनका अनुसार मृत्युको बेला शरीरमा एन्डोर्फिन र अन्य रसायनहरू निस्कन्छन्, जसले शरीरलाई अस्थायी रूपमा आराम वा हल्का पीडामुक्त अवस्था दिन सक्छ।

उनले थपे, “मानिस मर्ने बेला तनावका रसायनहरू बढ्छन्, शरीर सुन्निन्छ र ऊर्जा स्तर घट्दै जान्छ।”

तर, प्रत्येक व्यक्तिको मृत्यु फरक तरिकाले हुने भएकाले यसको एकरूप ढाँचा छैन। केहीलाई मृत्युको अनुभव थाहा नहुने पनि हुन सक्छ।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस