२०८३ असोज २० गते मङ्गलवार | 2026 October 6th Tuesday

२२० करोड रुपैयाँ खर्च गरेर शल्यक्रियामार्फत युवक कुकुर बनेको दाबी

काठमाडौं – सामाजिक सञ्जालमा एक जापानी युवकले २२० करोड रुपैयाँ खर्च गरेर शल्यक्रियामार्फत कुकुर बनेको दाबी फैलिएको छ। तर यो पूर्ण रूपमा गलत भएको पुष्टि भएको छ। वास्तवमा ‘टोको’ नामक युवकले जापानी कम्पनी जेपेटलाई कोली जातको कुकुरजस्तै देखिने विशेष पोसाक बनाउन लगाएका थिए। बाल्यकालदेखि जनावर बन्ने चाहना पूरा गर्न उनले उक्त पोसाक प्रयोग गरेका हुन्।

पोशाक बनाउन करिब २० लाख जापानी येन (नेपालीमा करिब १९ लाख २७ हजार रुपैयाँ) खर्च भएको बताइएको छ। कुनै शल्यक्रिया वा स्थायी शारीरिक परिवर्तन भएको प्रमाण छैन। त्यसैले ‘जापानी युवकले २२० करोड खर्च गरेर कुकुर बने’ भन्ने दाबी भ्रामक र गलत भएको स्पष्ट भएको छ।

 

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस