२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

धावनमार्गमा समस्या: त्रिभुवन विमानस्थलमा उडान अवतरण भद्रगोल, सयौं यात्रु प्रभावित

फाइल तस्विर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (Runway) को लाइटमा समस्या देखिएपछि उडान तथा अवतरण अवरुद्ध भएको छ। विमानस्थलमा जारी ‘नोटाम (NOTAM)’ अनुसार बिहान ९ बजेसम्म कुनै पनि विमान उडान वा अवतरण गर्न नपाउने जनाइएको छ।

समस्या उत्पन्न भएपछि फ्लाई दुबईको विमान लखनउ डाइभर्ट गरिएको छ भने कोरियन एयर दिल्लीतर्फ मोडिएको छ। यसैबीच, दिल्लीबाट आएको नेवानी एयरदोहाबाट आएको कतार एयरवेजका विमानहरू अहिले पनि काठमाडौं आकाशमा फन्को मारिरहेका छन्।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, प्राविधिक टोली अहिले धावनमार्गको लाइट मर्मत कार्यमा व्यस्त छ। उनले आंशिक समस्या समाधान भइसकेको तर सम्पूर्ण रूपमा उडान सुचारू हुन अझै समय लाग्ने जानकारी दिनुभयो।

समस्याका कारण यति एयरलाइन्स, बुद्ध एयरश्री एयरलाइन्सका एक दर्जनभन्दा बढी उडान रद्द भएका छन्। आजका रात्रीकालीन धेरै आन्तरिक उडान पनि स्थगित भएका छन्, जसका कारण सयौं यात्रु प्रभावित भएका छन्।

त्यस्तै, जनकपुरबाट आएको बुद्ध एयरको विमान पुनः फर्काइएकोसुर्खेतबाट आएको अर्को विमानलाई पोखरा डाइभर्ट गरिएको छ। स्पाइसजेटले पनि दिल्लीबाट काठमाडौं आउने उडान रद्द गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस