२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मलेसियाबाट नेपाल ल्याइयो रेड नोटिसमा रहेका फरार अभियुक्त

काठमाडौं । ठगी र संगठित अपराध मुद्दामा फरार रहेका र इन्टरपोलबाट रेड नोटिस जारी भएका आकाश प्रसाद कुशवाहा मलेसियाबाट पक्राउ परेर नेपाल फिर्ता ल्याइएका छन्।

रौतहट कटहरिया–१ निवासी कुशवाहा पक्राउ परेपछि उनलाई अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको छ।

एनसीबी क्वालालम्पुरको समन्वयमा उनलाई मलेसियामा पक्राउ गरिएको थियो। २१ मंसिर २०८० मा इन्टरपोल महासचिवालयले उनलाई खोजतलास गर्न रेड नोटिस जारी गरेको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस