२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

अब यस्ता एम्बुलेन्स नचल्ने, स्वास्थ्य मन्त्रालयको कडा निर्देशन (पत्रसहित)

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा नपाइने कडा नियम लागू गरेको छ। सो नियम उल्लङ्घन भएमा सञ्चालन अनुमति दर्ता खारेज हुने बताइएको छ।

मन्त्रालयले भारतीय दूतावासबाट आवश्यक परमिट पाएका र मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत–नेपाल आवत–जावतको अनुमति दिइने निर्णय गरेको छ।

सूचनामा स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक र सरोकारवालालाई निर्देशिका कडाइका साथ पालन गर्न अनुरोध गरिएको छ। यसले सीमा क्षेत्रका बासिन्दा र आपत्कालीन अवस्थामा भारततर्फ रेफर हुने बिरामीलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २ गते सोमवार
प्रतिक्रिया दिनुहोस