२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

तीनकुने घटनामा निधन भएका पत्रकार रजककी पत्नीलाई मिल्यो ठुलो सरकारी जागिर

काठमाडौं । सरकारले दिवङ्गत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा उनलाई ‘कम्प्युटर अपरेटर’ पदमा नियुक्त गरिएको हो।

मङ्गलबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेल, मन्त्रालयका सचिव राधिका अर्याल र सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।

सञ्चारमन्त्री खरेलले पत्रकारहरू जोखिम मोलेर काम गर्दा सधैँ असुरक्षित हुने भएकाले राज्यको अभिभावकीय भूमिका महत्वपूर्ण भएको बताए। उनले भने, यस सानो पहलले पनि परिवारलाई सान्त्वना मिल्ने अपेक्षा गरिएको छ।

मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको र परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययनको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन्।

सुरेश रजकको परिवारका आफन्त पुरुषोत्तम मगियाले न्याय सुनिश्चित गर्न, रजकलाई सहिद घोषणा गर्न र तीनकुनेमा सालिक निर्माणको पहल गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस