२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

मन्त्रिपरिषद् बैठकका २५ ठूला निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको २५ निर्णय बुधबार सार्वजनिक भएको छ। सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना–सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख निर्णयहरू जानकारी दिए।

सरकारले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई तोकेको छ। नयाँ व्यवस्था नहुँदासम्म नेपाल एयरलाइन्सका कार्यकारी सञ्चालकका रूपमा अमृतमान श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

यस्तै, नेपाली सेनाका दुई महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने, सशस्त्र प्रहरी नियमावली स्वीकृत गर्ने र केही अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

1

2

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस