२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

मधेसमा ठूलो राजनीतिक ‘भूकम्प’ : एमालेलाई ठूलो झट्का

काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। पदीय आचरणविपरीत काम गरेको आरोपमा बुधबार बसेको प्रदेश सभाले दुई–तिहाइ बहुमतले उनीविरुद्धको प्रस्ताव पारित गरेको हो।

७८ मध्ये ७६ सांसद उपस्थित रहेकामा सात दलले प्रस्तावको समर्थन गरेका थिए।

यसअघि मण्डलले पाँच सांसदलाई सभाबाट हटाएका थिए, जसलाई दलहरूले असंवैधानिक भन्दै निरन्तर विरोध गर्दै आएका थिए। यही कदम पछि उनी पदमुक्त भएका हुन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस