काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग जोडिएका सुरक्षा गार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरमा हिरासतमा रहेका प्रसाईंलाई भेट्न पुगेका खड्का अनुसन्धानमा तानिएका कारण प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको हो । खड्कामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलिरहेको छ र जिल्ला प्रशासन कार्यालय, काठमाडौंले म्याद थप गरी विस्तृत अनुसन्धान थालेको छ ।
यसअघि मध्यराति भक्तपुरबाट पक्राउ परेका प्रसाईंले भदौ ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने, यातायात ठप्प पार्ने र नेपाली प्रिमियर लिग रोक्ने धम्की दिएका थिए ।
प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार

