२०८३ असार २७ गते शनिवार | 2026 July 11th Saturday

बाराका एसपीमाथि सरकारको कडा कारबाही : जिम्मेवारी खोसियो, नयाँ को हुन् ?

काठमाडौँ। बारामा भएको मानव बेचबिखनसम्बन्धी पछिल्लो घटनाक्रमपछि बाराका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङको जिम्मेवारी तत्काल खोसिएको छ। उनलाई हाल प्रहरी हेडक्वार्टर तानिएको छ।

उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारामा नियुक्त भएका छन्।

त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा स्थानान्तरण भएका छन् भने धादिङमा एसपी सुमित खड्का पठाइएका छन्।

प्रहरी भित्रको यो महत्वपूर्ण स्थानान्तरणले घटनापछि जिम्मेवारी र नियन्त्रण सुनिश्चित गर्ने प्रयासको संकेत गरेको देखिन्छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस