२०८२ मङ्सिर ८ गते आइतवार | 2025 November 23rd Sunday

राजदूत प्रकरणमा फस्यो कार्की सरकार, प्रधानमन्त्रीका नाममा सर्वोच्चको कडा आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्नेबारे लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

राजदूत फिर्ताको निर्णयमा सर्वोच्चको आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दायर गरेका थिए ।

उक्त निवेदनको preliminary सुनुवाइपछि न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीबाट लिखित स्पष्टीकरण माग्ने आदेश जारी गरेको हो ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस