२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बाबुराम, जनार्दनको पार्टीमा जेनजीलाई ठूलो पद, यस्तो छ ५ सदस्यीय अध्यक्ष परिषद्‍ (नामसहित)

काठमाडौं । विभिन्न घटकहरूको एकीकरणबाट बनेको नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अन्तरिम अध्यक्ष परिषद् गठन गरेको छ। एकता महाधिवेशन अघि पार्टीलाई नेतृत्व गर्न आइतबार सात सदस्यीय अध्यक्ष परिषद् घोषणा गरिएको हो।

अध्यक्ष परिषदमा सबै युवा नेताहरू रहेका छन्। जेनजी आन्दोलनकी नेतृ ओजश्वी भट्टराई, सन्तोष परियार, सुदन किराती, अशोक जैसवाल र दुर्गा सोब अहिले परिषद् सदस्य रहेका छन्। पछि एकतामा जोडिने अन्य घटकहरूबाट थप सदस्य थपिनेछ।

नेता कृष्ण शर्माका अनुसार अध्यक्ष परिषदको संयोजन आलाेपालो हुनेछ, अहिले यसको जिम्मा सन्तोष परियारले पाएका छन्। उनले आइतबार भएको एकता घोषणा सभाको अध्यक्षता पनि गरेका थिए।

पार्टीको प्रत्येक कमिटी समावेशी हुने र सबै तहका पदाधिकारी चुनिने व्यवस्था गरिएको छ। कुनै पदमा मनोनीत प्रणाली नहुने र प्रत्येक कार्यकारी पदमा एक व्यक्ति अधिकतम दुई पटक मात्र रहन सक्ने विधानमा उल्लेख छ। केन्द्रीय समिति १५१ सदस्यीय रहने जनाइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस