काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का ६ जना नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्।
जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत यस समाहित प्रक्रियामा समावेश हुने नेताहरू हुन्।
सहमति प्रक्रिया अन्तर्गत जसपा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजुले पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने कुरा स्वीकृत गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार

