२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

एक अर्याल गए, अर्का अर्याल बने नयाँ मुख्यसचिव, को हुन्?

काठमाडौँ । नेपाल सरकारको नयाँ मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको आजको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाशमा जाँदैछन्। यस्तै, उनको अवकाश लागु हुनुअघिै बसेको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याललाई उत्तराधिकारीको रूपमा चयन गरेको हो।

एकनारायण अर्याल १३ भदौ २०८१ मा मुख्यसचिव बनेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस