२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सर्वोच्च अदालतमाथि ह-मला : राजु परियारसहित ५ प्रदर्शनकारी समातिए, नाम सार्वजनिक

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी छन्। एक जनाको पहिचान भने खुलाइएको छैन।

जिल्ला प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अदालतमा आगजनीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ र छिट्टै कानुनी दायरामा ल्याइनेछ। अदालत परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र अन्य आपराधिक गतिविधिसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ।

पक्राउ, धरौटी, हिरासत र पुर्पक्षको तथ्यांक यस्तो छ: २६७ जना पक्राउ, ८७ जना हाजिर जमानीमा छुटेका, ३३ जना धरौटीमा र ४३ जना पुर्पक्षको लागि थुनामा पुगेका छन्। आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको छ, जसमा सातको पहिचान अझै खुलाइएको छैन।

प्रहरीले चुच्चेपाटी भाटभटेनी क्षेत्रमा सात वटा कङ्काल फेला परेको जानकारी दिँदै डिएनए नमुना प्राप्त नभएको कारण पहिचान असम्भव भएको बताएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस