२०८२ मङ्सिर १० गते मङ्गलवार | 2025 November 25th Tuesday

मन्त्रिपरिषद् बैठकले गर्‍यो १४ महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १४ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकका निर्णयबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार, बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि–२०७१ खारेज गर्दै त्यहाँको मासिक भाडादर प्रतिमिटर ५ रुपैयाँ तोकेको छ । त्यस्तै, ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय समन्वयलाई सुदृढ बनाउँदै विद्युत नियमन आयोगलाई साउथ एशिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरिएको छ ।

साथै, नेपाल प्रहरीको हालको दरबन्दीभित्र पद–मिलान र कार्यालय संरचना समायोजन गर्ने, साथै संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी काम सुरु गर्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस