२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

निकटवर्ती विवादपछि प्रधानमन्त्री कार्कीको बोल्ड कदम

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन्। अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ गरी कुल ६ जना मात्रै रहने भएका छन्।

स्रोतका अनुसार बाँकी सबै पदको नियुक्ति भोलिबाट खारेज हुनेछ। यसअघि प्रधानमन्त्री कार्कीको सचिवालयमा २० जना कार्यरत थिए।

निकटवर्तीहरूलाई सचिवालयमा नियुक्त गरेको विषय बाहिरिएपछि विवाद बढेपछि र जेनजीहरूसमेतको दबाबका कारण कार्कीले यस्तो निर्णय लिएको बताइएको छ।

जस अनुसार, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस