२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सरकारको नयाँ नियम : नगद कारोबारमा ठूलो परिवर्तन, अब ५ लाख माथि बैंक प्रयोग अनिवार्य

काठमाडौँ । सरकारले नगद कारोबारमा नयाँ सीमा तय गर्दै ठूलो परिवर्तन गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले अब ५ लाख रुपैयाँ वा सोभन्दा बढीको सेवा, वस्तु वा अन्य कारोबार बैंक वा वित्तीय संस्थामार्फतै गर्नुपर्ने निर्णय गरेको छ। यसअघि यो सीमा १० लाख रुपैयाँ थियो।

सरकारले औपचारिक प्रणालीलाई प्रवद्र्धन गर्दै पारदर्शिता बढाउने उद्देश्यले यस्तो निर्णय गरेको हो।

साथै, मन्त्रिपरिषद्ले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय पनि गरेको छ। जेनजी आन्दोलनमा शहीद भएका ४५ व्यक्तिका परिवारका सदस्यलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस