काठमाडौं । केशरमहलमा बा.प्र.०१–०३० च २३४८ नम्बरको कारले ड्युटीमा रहेको ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
घाइतेमा ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक ६६ वर्षीय सुरेश राज कालिका रहेका छन्। मृतक पुरुषको उमेर लगभग ३० वर्ष रहेको प्रहरीले जानकारी दिएको छ।
घाइतेलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ। दुर्घटना कार अनियन्त्रित भएर ड्रिम गार्डेनको पर्खालमा ठोक्किँदा भएको थियो।
प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार

