२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

कहाँ छिन् प्रभु बैंककी रश्मी पन्त? नयाँ खुलासाले मच्चायो हलचल

काठमाडौं । प्रभु बैंकका सीइओसहित तीन कर्मचारीलाई सीआईबीले अनुसन्धानका लागि नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र तरंगित बनेको थियो। यसैबीच, बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त फरार भएको हल्ला चलेको थियो।

तर, पन्तले आफैँ हल्ला असत्य भएको बताइन्। उनले शुक्रबार बिदा अप्रुभ गराएर आइतबार आफ्नो गृहनगर महेन्द्रनगरमा मामाको छोराको विवाहमा सहभागी हुन गएको खुलाएकी छिन्। पन्तले भनिन्, ‘मैले बिदा सकेपछि कार्यालय फर्किने तयारी गरेको छु। भागेको हल्ला पूर्ण रूपमा अफवाह हो।’

पन्तले आफूमाथि पक्राउ पूर्जी नभएको र अनुसन्धानको लागि कुनै पत्राचार पनि नआएको स्पष्ट गरिन्। बैंकका सिनियर कर्मचारीहरू पनि यसलाई नमिठो संयोग मात्र भएको बताउँदै पन्तको नियमित काममा फर्किने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस