२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

१३ करोडको हेलिप्याड भ्रष्टाचार: हिरासतमा समातिएका अधिकारीहरूको बयान र थुनछेक बहस कहिले?

काठमाडौँ। नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन हिरासतमा राखिने भएका छन्। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नियन्त्रणमा लिएको थियो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार शुक्रबार बयान र थुनछेक बहस हुने छ। अदालतले आज समय अभावका कारण हिरासतमा राख्ने आदेश दिएको हो।

अख्तियारले उनीहरू दुई जनासहित अन्य पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ। अभियोगपत्रमा कुल १३ करोड ५७ लाख ४६ हजार रुपैयाँ ७७ पैसा बिगो कायम गरिएको छ।

प्रतिवादीमा अधिकारी, भण्डारी, उपप्रबन्धक निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा तथा निजी इन्जिनियर गुरुदत्त अधिकारी छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस