२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौंमा कलेजअगाडि मृत भेटिएका व्यक्ति को हुन्, के भन्छ प्रहरी ?

काठमाडौं । काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ। काभ्रे मण्डनदेउपुर–१ का ५० वर्षीय ललित गिरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

शंखमुलमा बस्दै आएका गिरी बिहीबार बिहान ६:५० बजे मदन भण्डारी कलेजअगाडिको धोबीखोलामा साइकलसहित मृत भेटिएका थिए। उनको शव श्रीमतीले सनाखत गरेकी छिन्।

प्रहरीले घटनास्थल मुचुल्का उठाई थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस