२०८३ असार २६ गते शुक्रवार | 2026 July 10th Friday

मधेश प्रदेशले पायो नयाँ मुख्यमन्त्री, को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव सातदलीय गठबन्धनको समर्थनमा मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीलगायत ७७ जना सांसदले यादवलाई समर्थन गरेका छन्।

यसअघि धारा १६८(३) अनुसार नियुक्त भएका एमालेका मुख्यमन्त्री सरोज कुमार यादवले मंसिर १७ मा राजीनामा गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। उनीविरुद्ध गठबन्धनले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्च अदालतले तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो।

विश्वासको मत नआएपछि धारा १६८(२) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको र कांग्रेसका यादव मुख्यमन्त्री बनेका हुन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस