२०८२ फाल्गुन १२ गते मङ्गलवार | 2026 February 24th Tuesday

गम्भीर संकटमा प्रचण्ड : नेताहरू लगातार छोड्दै, आधा दर्जनभन्दा बढीले साथ छाडे (पत्रसहित)

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा रहेका नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई ‘वृद्ध क्लब’ जस्तै भन्दै सात जना नेताले पार्टी छाडेका छन्।

नेताहरूले पार्टीमा नेतृत्वको चयन जनस्तरबाट नभई कोटको गोजीबाट हुने, जनतालाई भ्रमित पार्ने कार्य भएको भन्दै प्रचण्डको साथ छाडेका हुन्। उनीहरूले निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायका लागि नयाँ सङ्गठनात्मक विधि सहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गर्ने निर्णय गरेका छन्।

प्रचण्डको साथ छाड्ने नेताहरू यस प्रकार छन्:

  • बालकृष्ण श्रेष्ठ – नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय उपाध्यक्ष

  • अमिताभ बच्चन दास – पूर्व नेकपा माओवादी केन्द्र, २ नं. क्षेत्रीय ईन्चार्ज

  • सन्तोष राज घिमिरे – पूर्व नेकपा माओवादी केन्द्र

  • सुनिल रौनियार – पूर्व नेकपा माओवादी केन्द्र, २ नं. क्षेत्रीय संयोजक

  • दिनेश प्रसाद यादव – पूर्व नेकपा माओवादी केन्द्र, कालिकामाई गा.पा.

  • फनिद्र प्रसाद गुप्ता – युवा नेता

  • गायत्री सिंह – अखिल क्रान्तिकारी, केन्द्रीय लेखा आयोग उपाध्यक्ष

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस