२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

कांग्रेसको ठूलो निर्णय : ३२ समानुपातिक सांसद दोहोरिन नपाउने, नयाँ अनुहारलाई अवसर (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार चयनमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ। मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार २०७९ सालको प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकाहरूलाई पुनः सिफारिस नगर्ने व्यवस्था गरिएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा पार्टी विधानको धारा ३३(२) अनुसार एउटै व्यक्तिलाई लगातार समानुपातिक उम्मेदवार बनाउन नमिल्ने स्पष्ट गरिएको छ। यस निर्णयसँगै २०७९ मा समानुपातिक प्रणालीबाट सांसद बनेका ३२ जनाले आगामी निर्वाचनमा समानुपातिक सूचीमा स्थान पाउने छैनन्।

समानुपातिकबाट निर्वाचित ३२ सांसदमा सरस्वती बजिमय, कल्पना चौधरी, लिलादेवी वोखिम, सरिता प्रसाईं, माया राई, विमलेन्द्र निधि, संगीता मण्डल, मञ्जु खाँण, चन्दा चौधरी, नागिना यादव, मुक्ताकुमारी यादव, सीता मिजार, अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत, डा. प्रकाशशरण महत, प्रतिमा गौतम, सुशीला थिङ, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, शान्ति विक, विनाकुमार थनेत, जीवन परियार, मनोरमा शेरचन, आशा विक, जाबेदा खातुन जागा, रुपा विक, कुमुम थापामगर, मैना रावल कार्की, सीताकुमारी राना, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने र डा. आरजु राणा देउवा रहेका छन्।

पार्टीले यस निर्णयलाई नयाँ नेतृत्व र नयाँ अनुहारलाई अवसर दिन गरिएको बताएको छ। कांग्रेसले मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस केन्द्रमा पठाइसक्न मातहतका समितिलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस