२०८२ माघ २३ गते बिहिवार | 2026 February 5th Thursday

बेलायतमा नेपाली विद्यार्थीको मृ`त्यु : चर्चित ब्रिटिस र्‍यापरको बयानले खोल्यो नयाँ रहस्य

काठमाडौँ। चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफ्नो कारले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको स्वीकार गरेका छन्। दुर्घटना गत अक्टोबर १८ मा इल्फोर्ड, रेडब्रिजमा भएको थियो।

२० वर्षीय नेपाली विद्यार्थी युविन तामाङ, जो बेलायतको युनिभर्सिटी अफ रोह्याम्पटनमा बिजनेस म्यानेजमेन्ट दोस्रो वर्षमा अध्ययनरत थिए, सडक पार गर्दै गर्दा स्यामुयलको कारले ठक्कर दिएको थियो। तामाङको उपचारका क्रममा दुई दिनपछि मृत्यु भयो।

महानगरीय प्रहरीका अनुसार, स्यामुयलले निर्धारित ३० माइल प्रति घण्टा सीमाभन्दा बढी गतिमा ६० माइल प्रतिघण्टा करिब गाडी चलाइरहेका थिए। दुर्घटनापछि स्यामुयल घटनास्थलमा रोकिएनन् र केही समयपछि प्रहरीले उनको घरमा कार क्षतिग्रस्त अवस्थामा फेला पारेको थियो।

कार्यवाहक नेपाली राजदूत विपिन दुवाडिले स्यामुयलको अपराध स्वीकारले पीडित परिवारको न्यायका लागि सकारात्मक पाटो भएको बताएका छन्। स्यामुयललाई आगामी माघ २९ मा अदालतले सजाय सुनाउने तय भएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस