२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

जेनजीसँग सम्झौता भएको भोलिपल्टै प्रधानमन्त्री कार्की शितलनिवास पुगिन्, एजेन्डा के छ ?

काठमाडौं। सरकार र जेनजी आन्दोलनबीच बुधबार सम्झौता भएलगत्तै बिहीबार प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेकी छन्।

प्रधानमन्त्री कार्कीले २१ फागुनको निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्ने जिम्मेवारीबारे राष्ट्रपति पौडेलसँग निरन्तर सम्वाद राख्दै आइरहेकी छन्। आजको भेटमा चुनाव तयारीको स्थिति बारे ब्रिफिङ दिइने र हिजो जेनजी आन्दोलनसँग भएको सहमतिका विवरण पनि साझा गरिने बताइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस