२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

बालेनले जित्ने पक्का भएपछि झापामा ठूलो चलखेल, मतपत्र नै गायब गराएपछि गणना रोकियो !

काठमाडौं । झापामा मतगणना स्थलमा मतपत्र नै गायब भएपछि तत्कालका लागि गणना रोकिएको छ । झापा–२ मा मत गणना गर्दा १० वटा मतपत्र गायब भएको पाइएपछि तत्कालका लागि गणना रोकिएको हो । झापा–२ को मत गणनास्थलबाट प्राप्त विवरण अनुसार २ हजार ४ सय २५ मत खसेकोमा गणना स्थलमा जम्मा २ हजार ४ सय १५ वटा मात्र मतपत्र भेटिएको हो ।

झरेको मतपत्र भन्दा गणना गर्दा मतपत्र कम भएपछि झापा–२ मा मत गणना तत्कालका लागि स्थगित गरिएको हो । सर्वदलीय बैठक बसेर थप छलफल भइरहेको बताइएको छ । यहाँ रास्वपाका बालेन शाहले, एमालेका अध्यक्ष केपी शर्मा ओलीको भन्दा दोब्बर अग्रता कायम गर्न थालिसकेका थिए ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस