काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इनम सापकोटाको नाम जोडिएको १८ करोड रुपैयाँको चर्चित अडियोबारे मुख खोलेका छन्। शनिबार काठमाडौंमा आयोजित जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले १८ करोड रुपैयाँ दिएर पार्टी किनिएको भन्ने दाबीप्रति आपत्ति जनाए।
‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो रे ! अब पैसामा पार्टी बेच्ने हामीले ?’ उनले प्रश्न गरे। देउवाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगका तत्कालीन पदाधिकारीमाथि समेत प्रश्न उठाउँदै आफू अझै पार्टी सभापति रहेको दाबी गरे।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरिएको विषयमा असन्तुष्टि जनाउँदै उनले आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि स्पष्ट पारे।
प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार


