२०८३ कार्तिक २२ गते शनिवार | 2026 November 7th Saturday

भाइटीकाका दिन कलम र मसीदानीको पूजा गर्दा लामो आयु, उन्नति र सुख

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले दीपावलीपछि मनाइने भाइटीकाका दिन भगवान् चित्रगुप्तको विशेष पूजा गर्ने परम्परा छ। यस दिन विशेषगरी कलम, मसीदानी र बहीखाताको पूजा गर्ने चलन रहेको छ। धार्मिक मान्यताअनुसार भगवान् चित्रगुप्त यमराजका सहयोगी हुन्। उनले मानिसले जीवनभर गरेका राम्रा तथा नराम्रा कर्मको हिसाब राख्ने विश्वास गरिन्छ।

भगवान् चित्रगुप्त लेखन तथा कर्मको हिसाब राख्ने देवता भएकाले कलमलाई उनको कार्यको प्रतीक मानिन्छ। यही कारण यस दिन कलम र मसीदानीको पूजा गर्ने परम्परा बसेको हो। विशेषगरी कायस्थ समुदायले यो पर्व विधिपूर्वक मनाउने गर्छन्। व्यापारीहरूले नयाँ बहीखाता सुरु गरी व्यापारमा उन्नति, सुख र समृद्धिको कामनासमेत गर्ने धार्मिक विश्वास छ।

 

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस