२०८३ कार्तिक २२ गते शनिवार | 2026 November 7th Saturday

रोयल इनफिल्डको नयाँ हिमालयन ७५० मा ७४३ सीसी इन्जिन, यस्ता छन् आकर्षक फिचर

काठमाडौं । चर्चित मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल ‘हिमालयन ७५०’ का विशेषता सार्वजनिक गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार मोटरसाइकलमा ७४३ सीसीको ट्विन सिलिन्डर इन्जिन दिइएको छ। यसले ५५ पीएस अधिकतम पावर र ६३ एनएम टर्क उत्पादन गर्छ।

मोटरसाइकलमा ६ स्पिड गियरबक्स, १७.८ लिटर क्षमताको इन्धन ट्याङ्की, ४ इन्चको टीएफटी डिस्प्ले, गुगल म्याप नेभिगेसन, क्रुज कन्ट्रोल र पाँचवटा राइडिङ मोड उपलब्ध छन्। त्यस्तै, १९ इन्चको अगाडिको चक्का, डुअल फ्रन्ट डिस्क ब्रेक र आधुनिक एबीएस प्रणालीले यसलाई अफरोड यात्राका लागि समेत आकर्षक बनाएको छ।

 

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस