काठमान्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी दिएदेखि नै निकै चर्चामा थिए । गत साल अमेरिकाको राष्ट्रपति निर्वा्चित भएयता ट्रम्प विश्व राजनीतिमा निकै चर्चा र विवादमा छन् ।

ट्रम्प मात्र चर्चित छैनन्, उनको नक्कल गर्नेहरूको चर्चा अझ गज्जब छ । भिन्न चरित्र र हाउभाउ भएका ट्रम्पको नक्कल गर्नेहरू अमेरिकासहित विश्वका विभिन्न ठाउँमा थुप्रै देखिएका छन् । नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पनि २०७४ को गाइजात्रा कार्यक्रममा ट्रम्पको नक्कल गरी निकै चर्चा कमाए । अमेरिकी वेबसाइट सीबीएस न्यूजले डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा मनोज गजुरेललाई पनि राखेको छ । को–को छन् त नक्कली टम्पको सूचीमा ?

  •  एलेक बालविन
    सन् २०१६ मा चुनावी अभियनका क्रममा एक शनिबारको लाइभ कमेडी सो मा एलेक बालविन पहिलो पटक ट्रम्पको भेषमा उत्रेका थिए । ट्रम्प राष्ट्रपतिमा निर्वा्चित भएपछि पनि उनले ट्रम्पमाथिको कमेडी जारी राखे ।
  •  एन्थोनी एटामानुइक
    हाँस्य कलाकार एन्थोनी मानुकले कमेडी सेन्टरमा हुने ‘दी प्रेसिडेन्ट शो’ नामको कमेडी शोमा डोनाल्ड ट्रम्पको नक्कल गर्ने गर्दछन् । त्यसबाहेक उनी अन्य थुप्रै कार्यक्रममा राजनीतिक व्यक्तिसहित उपस्थित रहेको कार्यक्रममा ट्रम्पको भेष धारण गरी दर्शक हँसाएका छन्।
  • रोबर्ट इन्सलर
    सन् २००५ देखि नै ट्रम्पसँग निक रहेका रोबर्ट आफूलाई राष्ट्रपति ट्रम्पका वास्तविक क्यारिकेचर गर्ने व्यक्ति मान्दछन् । पार्टी तथा सम्मेलनमा फोटो खिच्ने काम गर्न उनी ट्रम्पको नक्कल गरी राजनीतिक भाषण दिने गर्छन् । इन्सलर लस भेगसको रिल अवार्ड नामको सो मा ट्रम्पको क्यारिकेचर गर्न गर्दछन् ।
  •  मार्सेल फरेस्टेरी
    मार्केल फरेस्टेरी पनि उनी आफ्ना मकेडी सोमा ट्रम्पकी पत्नी मेलिना ट्रम्पका साथमा देखिने गर्छन्। जसको नक्कल मिक्की मानिङ गर्छिन्। फरेस्टेरी मेलिना ट्रम्पको रुपमा रहेकी मिक्की मानिङसँग मात्रै प्रस्तुति दिँदैनन् । उनी मेलिना ट्रम्पको नक्कल गर्ने सुजी केनेडीसँग पनि डोनाल्ड ट्रम्पको रुपमा प्रस्तुति दिन गर्छन् ।
  • एलिसन ज्याक्सन
    २०१६ को अक्टुबरमा ट्रम्प टावर अडागीको एक कार्यक्रममा एक विकनीमा रहेकी महिलासँग डोनाल्ड ट्रम्पको रुप देख्दा मान्छेहरु आचर्यचकित भएका थिए तर ती वास्तविक ट्रम्प नभएर डोनाल्ड ट्रम्पको भूमिकामा प्रस्तुति दिन आएका एलिसन ज्याक्सन थिए । तस्बिरमा देखाएकी विकनीवाली कलाकारसँगै हाल पनि प्रस्तुति दिँदै आएका छन्। 
  • डस्टिन गोल्ड
    डस्टिन गोल्ड उनी एक रुढीवादी राजनीतिक कार्यकर्ता र कमेडियनको रुपमा आफूलाई चिनाउने गर्छन् । थुप्रै कार्यक्रममा उनले ट्रम्पको रुपमा हास्यव्यंग्य प्रस्तुति दिने गर्छन् ।
  • डेनिस एलान
    डेनिस पनि डोनाल्ड ट्रम्पको नक्कल गर्ने एक चर्चिच कलाकार हुन् । हङकङमा गरिएको एक कार्यक्रममा उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र उत्तर कोरियाका नेता किम जोन उनको नक्कल गरेको कलाकारको साथमा ट्रम्पको गेटअपमा गरेको पदर्शन निकै चर्चिच बनेको थियो ।
  •  माइक आस्मान
    माइक ओस्मान बेलायतका हुन् । उनी आफूलाई डोनाल्ड ट्रम्पको नक्कल गर्ने बेलायतको नं १ हास्यकलाकार रहेको दावी गर्छन् । टेलिभिजन कार्यक्रम, सभा सम्मेलन मा ट्रम्पको क्यारिकेचर गर्ने गर्छन्। उनीको ‘ट्रम्प लाइभ’ नामका सो पनि गर्ने गर्छन् ।
  • दारिओ बालान्टिनी
    दारिओ एक हास्य कलाकार मात्रै नभएर, अभिनेता र पेन्टर पनि हुन् । सन २०१६ र २०१७ तिर इटालीका रंगमञ्चहरुमा उनले डोनाल्ड ट्रम्पको क्यारिकेचर गरेको थुप्रै प्रस्तुति दिएका थिए ।
  • जोन डि डोमेनिको
    जोन डोमेनिक दर्जनौं चर्चित क्यारिकेचर गर्ने ब्यक्ति हुन् । विभिन्न कार्यक्रम, समा समारोहमा उनी अफ्ना प्रस्तुति प्रदर्शन गर्न गर्छन् । पछिल्लो समय उनले क्यारिकेचर गर्ने व्यक्ति मध्ये डोनाल्ड ट्रम्प पनि पर्ने गर्छन् ।
  • इरिक ज्याकम्यान
    न्यू हम्पसायरका बासिन्दा इरिक ज्याक म्यान पनि डोनाल्ड ट्रम्पको नक्कल गरेर चर्चा कमाउने कलाकार हुन् । उनलाई डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा हाँस्य प्रस्तुति देखाउन प्रयोगसमेत गरेका थिए । सभा, समारोह र करपोरेट हाउसका प्रमोशन कार्यक्रममा उनी ट्रम्पको रुपमा प्रस्तुति दिँदै आएका छन् ।
  •  टोड वेर्टलिक
    यिनी कलाकार नभइ एक ट्रम्पका समर्थक हुन् । २०१६ मा ट्रम्पको राष्ट्रपति चुनावी अभियानका क्रममा ट्रम्पको नक्कल गर्दै उम्मेद्वारका रुपमा फ्लोरिडा राज्यको एक ¥यालीमा हिडेका थिए । जसको निकै चर्चा भएको थियो ।
  •  डान कोननिल्ली
    यिनी पनि चुनावी अभियानमा राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको प्रतिमूर्तिका रुपमा ट्रम्पको नक्कल गर्दै ¥यालीमा हिड्ने ट्रम्प समर्थक हुन् । २०१६ को जुनमा फ्लोरिडामा उनी ट्रम्पको भेषमा चुनावी अभियानमा सहभागी भएका थिए ।
  • अज्ञात ट्रम्प
    एक अज्ञात व्यक्तिले ३, जुलाई २०१७ मा न्यूवर्क शहरको टाइम्स स्क्वायरमा ट्रम्पको भेष धारण गरी, उनको हाउभाउ अनुसार नक्कल गरी निकै ठूलो भीड जम्मा पारेका थिए । यसलाई पनि ट्रम्पको रुचाइएको नक्कलको रुपमा लिइएको छ ।
  •  ‘रोनाल्ड ग्रम्प’
    जुलाई २०१७ मा आयोजित एक बलिउड फिल्म फेस्टिभलमा एक व्यक्तिले ‘रोनाल्ड ग्रम्प’कोे भूमिको नामबाट डोनाल्ड ट्रम्पको नक्कल गरेका थिए । बलिउड अभिनेता सैफ अलि खान र निर्देशक करन जोहार का साथ आफू ‘रोनाल्ड ग्रम्प’ भएको परिचय दिँदै उत्कृष्ट नक्कल गरेका थिए ।
  •  मनोज गजुरेल
    नेपालका ख्याती प्राप्त हास्यकलाकार मनोज गजुरेलले २०७४ को गाईजात्रा कार्यक्रममा डोनाल्ड ट्रम्पको नक्कल गरेका थिए ।
  • आरजे मोरिस
    २०१६ को सेप्टेम्बरमा एटेनान्टा आयोजित चुनावी डिभेट कार्यक्रममा आरजे मोरिसले नक्कल गरी हिलारी क्वीन्टनको प्रतिद्वन्द्वीका रुपमा प्रस्तुत भएका थिए । कार्यक्रममा मोरिसले हिलारीसँग सेल्फी खिचेका थिए ।
  • राफेल अल्मोडोभार
    २०१६ मा भएको राष्ट्रपति निर्वाचनको रातमा लस भेगसमा डोनाल्ड ट्रम्पको भेषमा रहेका राफेल अल्माडोभार र हिलारी क्वीन्टनको भेषमा देखिएकी कलाकार कोरिना अल्माडोभारको वादविवादको प्रस्तुति निकै चर्चित भएको थियो । सीबीएस न्यूजबाट

सम्बन्धित खबरहरु