काठमाडौं । युगल प्रेमीले जे गरे दुनियाँ सबै चकित बनेका छन् । प्रेम यतिसम्म अन्धो हुन्छ र ? सबैले प्रश्न गरिरहेका छन् । भारत, उत्तर प्रदेशको हमीरपुर जिल्लाको रथ शहरको नयाँ टाउनशिपमा शुक्रवार साँझ एक प्रेमी युगलको लाश उनीहरूको कोठामा फेला परेको छ ।

नातामा उनीहरु मामा–भान्जी थिए । प्रहरीका अनुसार यस सम्बन्धमा अहिले यो आफै यो बाटोमा गएको हो की भन्ने एङ्गलबाट घटनाको अनुसन्धान सुरु गरिएको छ । राठ क्षेत्रका प्रहरी नायब उपरीक्षक अखिलेश राजनले शुक्रबार साँझ ७ बजेतिर हमीरपुर रोडको बस्तीमा एक युवक र एक १७ वर्षीया किशोरीको लाश फेला परेको जानकारी दिएका छन् ।

उनले उक्त युवक मध्यप्रदेशको छतरपुर जिल्लाको गौरीहर क्षेत्र निवासी २२ वर्षीय कामता नामदेव हुन् भने किशोरी महोबा जिल्लाको चरखारी क्षेत्रका हुन् । लामो समयदेखि सँगै बस्दै आएका उनीहरु नातामा मामा–भान्जी थिए । यो रिपोर्ट गरिएको छ कि पछिल्लो दुई बर्ष देखि दुबै बीच प्रेम सम्बन्ध रहेको थियो । प्रहरीका अनुसार ति युवक त्यहाँ आफ्ना ठूला भाइसँग रिक्शा चलाउने काम गर्दै आएका थिए ।

रिक्शा चलाउँदै आएका उनले दाईबाट टाढा बस्नको लागि बिहीबार नयाँ कोलोनीमा हरजु प्रसादको टाइल कोठा भाडामा लिएका थिए । शुक्रबारको दिन बिहानको बेला लामो समयसम्म कोठाको ढोका खुलेन ।

लामो समयसम्म कोठा नखुलेपछि घरबेटी हर्जुले झ्यालबाट हेरेपछि घटनाबारे थाहा भएको हो । घटनाबारे जानकारी पाएका घरबेटीले नै प्रहरीलाई खबर गरेका हुन् । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ । उनीहरुबाट आफुहरु प्रेममा परेको र उत्रिन सक्ने बाटो कहीबाट नदेखेपछि यस्तो निर्णय लिएको नोट फेला परेको बताइएको छ ।

सम्बन्धित खबरहरु