काठमाडौ । कहालिलाग्दो राजदरबार घटनामा केही दिन युवराज दिपेन्द्र बीर बिक्रम शाह जिवित रहेको समाचार बाहिर ल्याईयो ।

त्यही बेला उहाँलाई देशको राजा घोषणा गरियो ।

त्यो घटनापछि घोषित नेपालकै सबैभन्दा कम शासन गर्ने राजा दिपेन्द्र बाँचेका थिए भने कस्ता राजा हुन्थे ?

हामी एक भिडियो सामाग्री प्रस्तुत गर्दैछौ । भिडियो हेरेर तपाईको मनमा लागेका शब्द प्रतिक्रियामा लेख्नुहोला ।

https://www.youtube.com/watch?v=e9Arrg7SxoM

दीपेन्द्र वीर विक्रम शाह नेपालका तेह्रौँ राजा हुनुहुन्छ । उहाँ सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति बन्न पुग्नुभयो ।

दरवार घटनापछि उहाँ चेत नभएकै अवस्थामा राजा घोषित हुनुभएको थियो ।

त्यसको तेस्रो दिन उहाँलाई मृत घोषित गरियो। दरवार घटनाको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूको मृत्युमा उहाँकै हात रहेको निष्कर्ष निकालेको थियो।

दीपेन्द्र नेपालका राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा हुनुहुन्थ्यो । उहाँ अविवाहित अवस्थामा नै संसारबाट विदा हुनुभयो ।

सम्बन्धित खबरहरु