काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

महाराजगञ्ज मेडिकल क्याम्पसको बी फार्मेसी दोस्रो बर्ष, बीएएसएलपी तेस्रो बर्ष र बीएएसएलपी दोस्रो बर्षको नतिजा प्रकाशित भएको छ ।

यसैगरी युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवा, चितवन मेडिकल कलेज भरतपुर, मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्स, गण्डकी मेडिकल कलेज, जेएफ इन्ष्टिच्युट अफ हेल्थ साइन्स, नेशनल मोडेल कलेज, सुनसरी टेक्निकल कलेज र मेट्रिक्स कलेजको बी फार्मेसी दोस्रो बर्षको नतिजा प्रकाशित छ ।

नतिजा तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सबैको जानकारीका लागि साझा गर्नुहोला ।

यसैगरी त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाल महाराजगञ्जको एमएससी एमआईटी दोस्रो बर्षको थेसिस तथा भाईबा प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना निकालेको छ ।

सूचनामा भनिएको छ । यस अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्धारा मिति २०७७ चैत्र १७ गते प्रकाशित परीक्षा तालिकामा महाराजगञ्ज चिकित्सा क्याम्पस महाराजगञ्जको एमएससी एमआईटी दोस्रो बर्षको थेसिस तथा भाईबा प्रयोगात्मक परीक्षा मिति २०७८ भाद्र ६ र ७ गते सञ्चालन हुने भएकोमा प्राविधिक कारणले गर्दा उक्त प्रयोगात्मक परीक्षा भाद्र १७ र १८ गते हुने उल्लेख गरिएको छ । सूचना तल अपलोड गरिएको छ । Read this news in english language.

सम्बन्धित खबरहरु