२०८३ असार २५ गते बिहिवार | 2026 July 9th Thursday

त्रिविको स्नातक, स्नातकोत्तर तथा एम.फिल. का परीक्षा बारे अत्यन्त जरुरी सूचना [ सूचनासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका परीक्षालाई लिएर सूचना जारी गरिएको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभाग, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सेमेष्टर परीक्षा प्रणाली अनुसार पठन पाठन हुने स्नातक, स्नातकोत्तर तथा एम.फिल. तहका विभिन्न परीक्षाहरु २०७८ साल श्रावण १२ गते देखि संचालन भई केही समाप्त भईसकेका छन् ।

केही परीक्षाहरु संचालन भई रहेकोले नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य मापदण्डको पूर्ण पालना गराई परीक्षा संचालन गर्न गराउनु हुन परीक्षा केन्द्रका केन्द्राध्यक्ष, परीक्षार्थीहरु तथा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्रिविले आज अरुपनि केही नतिजा प्रकाशित गर्ने तयारी गरिरहेको छ । स्नातक तह तेस्रो बर्ष अन्तिम सेमेस्टरकोपनि परीक्षा नतिजा प्रकाशित गर्ने तयारी छ । केही समयसम्म हामीलाई हेर्दै गर्नुहोला । हामी केही समयपछि अर्को नतिजा लिएर आउँनेछौ ।  Read this news in english language.

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार