२०८२ कार्तिक १६ गते शनिवार | 2025 November 1st Saturday

त्रिविद्धारा स्नातक तह र स्नातकोत्तर तहको परीक्षाफल एकसाथ प्रकाशित [ नतिजासहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल पुस र माघ महिनामा सञ्चालन भएको स्नातक तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोस्रो शत्र–२०७५ समूहको नियमित तथा सोही शत्रको सोभन्दा अगाडिका समूहको आंशिक परीक्षाको परिक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परिक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ ।’

यस परीक्षामा उत्तीर्ण भएकाहरुको क्रमाङ्क निम्नानुसार रहेको छ । त्रिविका अनुसार लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभागहरुबाट प्राप्त गर्न सकिने छ । त्रिविले भनेको छ, ‘परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ ।

तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिन आएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।’ नतिजा चित्त नबुझेकाहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिनभित्र निवेदन दिनुपर्नेछ ।

M.Tech. Food II Semester Exam Result 15th Aug, 2021

यसैगरी त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले अर्कोपनि परीक्षाफल प्रकाशित गरेको हो ।

परीक्षाफल प्रकाशित गर्दै त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७८ साल साउन महिनामा सञ्चालन भएको स्नातकोत्तर तह वातावरण विज्ञान दोस्रो वर्ष चौथो शत्र (शोधपत्र बाहेक) २०७४ समुहको नियमित परीक्षा दिई २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीहरूको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार लब्धाङ्कपत्र सम्बन्धित केन्द्रीय विभागहरुबाट प्राप्त गर्न सकिने छ । त्रिविले भनेको छ, ‘परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ ।

तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिन आएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।’ यस परीक्षामा उत्तीर्ण भएकाहरुको क्रमाङ्क निम्नानुसार रहेको छ । –त्रिवि Read this news in english language.

M.Sc. Environmental Science IV Semester Make Up Exam Result 15th Aug, 2021

 

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार