२०८३ असार २४ गते बुधवार | 2026 July 8th Wednesday

त्रिविको परीक्षा फारम खुल्यो, परीक्षा तालिका (रुटीन) प्रकाशित [ रुटीनसहित ]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ । त्रिवि कानुन संकायले सूचना प्रकाशित गरेको हो ।

कानुन संकाय अन्तर्गत स्नातक तह बिएएलएलबी छैटौं समेस्तेरको परीक्षा फारम भर्ने तथा परीक्षा तालिका सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘उपयुक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय कानुन संकाय, डीनको कार्यालय काठमाडौंद्धारा २०७८ सालमा लिइने स्नातक तह बिएएलएलबी छैठौँ सेमेष्टरको परीक्षा सञ्चालन गर्ने सम्बन्धमा परीक्षा फारम भर्नका लागि सम्बन्धीत कलेजमा सम्पर्क गर्नुहुन तथा परीक्षाको तालिका निम्न बमोजिम निर्धारण भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

त्रिविका अनुसार परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस ताहाचल –नेपाल ल क्याम्पस र नेशनल क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुका लागि रहेको छ । यस्तै पृथ्वी नारायण क्याम्पस पोखरा –पृथ्वी नारायण क्याम्पसका लागि तोकिएको छ । Read this news in english language.

प्रकाशित मिति : २०७८ साउन ३२ गते सोमवार