काठमाडौ । भारतले चमत्कारीक कार बनाएको छ । एसियाकै पहिलो हाइब्रिड फ्लाइङ कारको निर्माण भारतले गरिरहेको खबर बाहिर आएको छ ।

अब केही समयमा नै दक्षिण एसियामै पहिलो पटक उड्ने कार परीक्षण हुने आँकलन गरिएको छ ।

भारतको भिनाटा एरोमोबिलिटी कम्पनीले भारतको चेन्नईमा हाइब्रिड फ्लाइङ कारको निर्माणमा जुटिरहेको खुलाएको छ । यस बारे धेरै सूचनाहरु बाहिर आएका छन् ।

यो कारका लागि गुड्ने सडक वा उड्नका लागि रनवेको आवश्यकता नपर्ने कम्पनीले दावी गरेको छ।

कम्पनीले यो कार नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियालाई देखाएको थियो। कम्पनीले आफ्नो आधिकारिक यूट्युब च्यानलमा गत अगस्ट १४ मा ३६ सेकेन्डको भिडियो अपलोड गरेको थियो।

यस्ता छन् उड्ने कारका पाँच विशेषता :

१, भर्टिकल टेक–अफ तथा ल्यान्डिङ : यो कारलाई टेक अफका लागि कुनै रनवेको आवश्यकता पर्दैन। यो भर्टिकल अर्थात् तलबाट माथि टेक अफ तथा ल्यान्डिङ गर्न सक्ने कार हो । फ्लाइंग कारमा चारैतिर पंखा लगाइएको छ।

२, हजार फिट माथिसम्म उड्न सक्ने : हाइब्रिड फ्लाइङ कार १२० किमी प्रति घण्टाको गतिमा ६० मिनेटसम्म उड्न सक्छ। यो जमीनबाट ३ हजार फिटको उचाइमा पुग्न सक्ने बताइएको छ। दुई सीट भएको यो विमानको वजन ११०० किलो रहेको छ।

३, क्याबिन : फ्लाइङ कारको भित्र डिजिटल इन्स्ट्रूमेन्ट प्यानल आर्टिफिशियल इन्टेलिजेन्स टेक्नोलोजी फिचरयुक्त रहेको छ। यसबाट कार चलाउन तथा उड़ान भर्नमा सहजता हुने बताइएको छ।

४, सुरक्षाका लागि एयरब्याग भएको ककपिट : सुरक्षाका लागि हाइब्रिड इलेक्ट्रिक फ्लाइङ कारमा इजेक्शन प्याराशूटका साथमा एयरब्याग ककपिट पनि रहेको छ। यसबाहेक छुट्टै इलेक्ट्रिक प्रोपल्सन सिस्टमको प्रयोग गरिन्छ। यसबाट यात्रु सुरक्षित रहन्छन्।

५, बायो फ्युलबाट चल्ने : हाइब्रिड फ्लाइङ कार विद्युतका साथै बायो फ्युलबाट पनि चल्छ। साथै यसमा ब्याकअप पावर दिइएको हुन्छ जसले जेनेरेटरको उर्जा रोकिनेबित्तिकै मोटरलाई उर्जा प्रदान गर्छ।

 

सम्बन्धित खबरहरु