२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

झापाको जंगलमा देखिएको कार का ण्डमा नयाँ ट्विस्ट : ला श भेटियो, दुई जना समातिए

काठमाडौं । गत कात्तिक ९ गतेदेखि बेपत्ता भएका झापाका सरोज शर्माको शव विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ। शिवसत्ताक्षी–१० माईधारका ३३ वर्षीय शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि शनिबार बिहान भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुई दिनअघि मेचीनगर–१३ हातेमालो सामुदायिक वनमा शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार जलेको अवस्थामा भेटिएको थियो।

घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको र अन्य व्यक्तिहरूको संलग्नता हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक जनाको हात जलेको छ, गाडी जलाउँदा घाइते भएको अनुमान गरिएको छ।

शर्मा आईटी क्षेत्रमा काम गर्थे र दसैं–तिहार मनाउन घर आएका थिए। छठपछि काठमाडौं फर्कने तयारीमा रहेका उनलाई अन्ततः हत्या गरी पुलमुनि गाडिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

शव भेटिएपछि स्थानीय आक्रोशित बनेका छन्। पक्राउ परेका राहुल साहको माईधारस्थित घर र एउटा टेम्पो तोडफोड गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस