काठमाडौं । एक व्यक्तिको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एक भाइरल मेलमा उनले आफ्नो अनौठो अफेयर (प्रेम) को बारेमा उल्लेख गरेका छन् । एक पुरुष आफ्नै छोराको पूर्वप्रेमिकासँग प्रेम सम्बन्धमा भएको कुरा खुलेको छ ।

त्यसका लागि हरेक दिन उनी आफ्नी श्रीमतीसँग झुटो बोल्छन् । उनी व्यापार गर्न जान्छु भन्दै केटी भेट्न जान्छन् ।

छोरा भन्दा बाबुसँग खुशी छिन् केटी
उनको मेल अनुसार उनी लामो समयदेखि आफ्नो छोराको पूर्वप्रेमिकासँग सम्बन्धमा छन् । उनले भनेका छन्, ‘केटी भन्छिन्, उनलाई मेरो छोरासँग कहिल्यै राम्रो लागेन । उनी मसँग धेरै खुशी हुन्छिन् ।

मेरो छोरालाई हाम्रो सम्बन्धको बारेमा केही थाहा छैन । उ विदेशमा छ । उसले किनेको ओछ्यानमा म उसको भूतपूर्वसँग समय बिताएको थाहा पाउँदा ऊ धेरै दुखी हुन सक्छ ।’ यसैले म यो भन्ने छैन ।

दिनहुँ श्रीमतीसँग झूट बोल्छु
उनले थप्दै भनेका छन, ‘म हरेक दिन मेरी श्रीमतीसँग झूट बोलिरहेको छु । मेरी श्रीमतीलाई लाग्छ कि म आफ्नै व्यवसाय सुरु गर्दैछु तर यो सबै झुट हो ।

म उसलाई बारम्बार बैठकमा जाँदैछु भन्छु । तर म हरेक पटक म त्यो केटीकोमा जान्छु । प्रेमिका मलाई भन्छिन्–म उसको सबैभन्दा राम्रो प्रेमी हुँ । मलाई उसँग रहँदा आनन्द लाग्छ ।

उनीसँग टाढा हुँदा मलाई राम्रो लाग्दैन । एक्लो हुँदा म आफैसँग गनगन गर्न थाल्छु ।’ कहिलेकाही श्रीमतीलाई माइत पठाएर आफ्नै घरमा चाँजोपाँजो मिलाउने गरेकोपनि उनको बयान छ ।

बिछोडको विषयमा ब्ल्याकमेल
उनी भन्छन्, ‘श्रीमती र छोराले यो कुरा थाहा पाएपछि भूकम्प जान्छ भन्ने मलाई थाहा छ । मैले उसँग धेरै पटक अलग हुन खोजे तर सकिन् ।

जब म उनीसँग टाढा हुन खोज्छु, उसले मेरी श्रीमतीलाई सबै कुरा बताइदिने धम्की दिन थाल्छिन् । धेरै पटक उनले मेरो छोरा र श्रीमतीलाई फोटो पठाउने धम्की पनि दिएकी छिन् ।’

सम्बन्धित खबरहरु