२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

चर्चितहरुको फेसबुकमा देखिने यो निलो टिक के हो ? कहिले र कसरी पाउन सकिन्छ ?

काठमाडौं । सामाजिक सञ्जालमा, तपाईंले प्रधानमन्त्री, अभिनेता, खेलाडी, शेफ आदि जस्ता धेरै प्रसिद्ध व्यक्तिहरूलाई फलो गरिरहनुभएको हुनुपर्छ ।

तपाईंले ख्याल गर्नुभएको होला, यी सबै अकाउन्टको अगाडि निलो टिक (ब्याज) हुन्छ ।

यो त्यो निलो टिक हो जुन सबैजना प्राप्त गर्न आतुर हुन्छन्, तर पाउँदैनन् । यो निलो टिक के हो भनेर कहिल्यै सोच्नुभएको छ ? कसरी पाउन सकिन्छ ?

यसलाई ३ बुँदामा बुझ्नुहोस्
यो एक प्रकारको प्रमाणिकरण ब्याज हो । यसले खाता आधिकारिक छ भनेर संकेत गर्दछ । यसले सामाजिक सञ्जालमा तपाईंका पोस्टहरूको जवाफदेहिता पनि निर्धारण गर्दछ ।

कस्ता मानिसहरूले नीलो टिक पाउँछन्
सरकार÷सरकारी कर्मचारी, कम्पनी, ब्रान्डहरू, संगठन
समाचार संस्था मिडिया व्यक्तित्व÷पत्रकार, मनोरञ्जन उद्योग, खेलकुद व्यक्ति, अभियान्क्ताहरू, एकल इन्फ्लुएन्सर

प्रश्न–के फेसबुक, ट्विटर र इन्स्टाग्राममा ब्लु टिक पाउने तरिका एउटै हो ? उत्तर–होइन, तीनवटै सामाजिक सञ्जाल प्लेटफर्ममा निलो टिक पाउने प्रक्रिया फरक छ ।

फेसबुक प्रोफाइल वा पेजमा निलो टिक प्राप्त गर्न कसरी अनुरोध गर्ने ? सबैभन्दा पहिले फेसबुक लगइन गर्नुहोस् र फेसबुक खाता प्रमाणीकरण फारमको लिङ्कमा जानुहोस्।

आफ्नो प्रमाणीकरण प्रकार (पेज वा प्रोफाइल) चयन गर्नुहोस्।
श्रेणी (क्याटगरी) चयन गर्नुहोस्। आफ्नो देश छान्नुहोस्। आईडी (पहिचान कार्ड) को फोटो अपलोड गर्नुहोस्। तपाईंको खाता प्रमाणित गर्नुपर्ने कारण स्पष्ट गर्नुहोस्। कुनै एक कागजात अपलोड गर्नुहोस्। त्यसपछि, सेन्डमा क्लिक गर्नुहोस्।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

तपाईंको अनुरोधपछि फेसबुक टोलीले अनुसन्धान गर्छ
अनुरोध पठाएपछि, फेसबुकको प्रमाणिकरण टोलीले तपाईंले प्रदान गरेको जानकारीको समीक्षा गर्नेछ । त्यसपछि तपाईले निलो टिक पाउने वा नपाउने भन्ने कुराको निर्णय हुन्छ ।

यदि तपाईंको अनुरोध स्वीकार गरियो भने, तपाईंको प्रोफाइलमा निलो टिक देखा पर्नेछ ।

प्रश्न–एक पटक अनुरोध गर्दा पनि निलो टिक नपाए के गर्ने ?
उत्तर–यदि तपाईंको अनुरोध एकै पटक स्वीकृत भएन भने तपाईं ३० दिन पछि पुनः आवेदन दिन सक्नुहुन्छ ।

फेसबुकमा निलो टिक पाउनका लागि जरुरी सर्तहरु
तपाईंको फेसबुक खाता (अकाउन्ट) मा प्रोफाइल फोटो र कभर फोटो हुनुपर्छ । फेसबुक समुदाय मापदण्ड अनुसार पेजको नाम सही हुनुपर्छ ।

प्रोफाइल लक गरिएको हुनु हुँदैन्, सबैले देख्न सक्ने खालको हुनुपर्छ । आइडी (पहिचान पत्र) का रुपमा नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पनि पठाउन सक्नुहुन्छ । एजेन्सीहरुको सहयोगमा

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार