एजेन्सी । चीनको बेल्ट एन्ड रोड (बीआरआई) परियोजनालाई चुनौती दिन धनी राष्ट्रहरूको कडा कदम चालेका छन् । धनी राष्ट्रहरूको समूह जी सेभनले ६ सय अर्ब अमेरिकन डलर परिचालन गर्ने भएको छ ।
अघिल्लो वर्ष ब्रिटेनमा भएको जी सेभनको वार्तामा घोषणा गरिएको विश्वव्यापी पूर्वाधार र लगानीसम्बन्धी साझेदारीलाई कार्यान्वयन गर्ने निर्णय पुनः गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजनाले सबैलाई लाभ हुने बताए ।
उक्त योजनाले जी सेभनका नेताहरूलाई मध्यम तथा न्यून आय भएका देशहरूमा पूर्वाधार परियोजनाका लागि पाँच वर्षमा ६ सय अर्ब डलर जुटाउन भनेको छ ।
अमेरिकाले २०० अर्ब डलर अनुदान, सङ्घीय कोष र निजी लगानीमार्फत् उपलब्ध गराउने वाचा गरेको छ भने युरोपेली सङ्घले थप ३०० अर्ब यूरो दिने भनेको छ ।
यो अभियानले जलवायु परिवर्तनका प्रभावसँग सङ्घर्ष गर्न, विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल पूर्वाधार निर्माणमा सघाउने लक्ष्य राखेको छ ।
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- नेपालका यी शीर्ष ८ अभिनेत्री : नम्बर वानमा को छ ?
- यी ५ सरल तरिकाबाट सेक्स लाइफ बनाउँनुहोस् झनै फण्टासी
- श्रीमतीले नदीमा हामफालिन् : निकाल्न गएका श्रीमानपनि २५ मिटर तल डुबे, भाईले निकाले शव
- अनौठो रुपमा नेपाल छिरेर भारत ल्याउँदै १३ नेपाली कुमारी बालिकालाई शिकार बनाएको दिनेश पक्राउ
- मंगल-राहुको संयोगले ३७ वर्षपछि बनेको अंगारक योग यी राशीका लागि बढ्दो कठिनाई
- काठमाडौंको आकाशेपुलः ‘एक रातको होइन, एक पटकको १५ सय ! जाने भए हाम्रैमा जाने हो’
- अभिनेत्री मलाइकाले प्रेमी अर्जुनलाई दिइन् जन्मदिनको उत्कृष्ट शुभकामना, यति धेरै खुशी साझा गरे [ ९ तस्वीर ]
- कल्पना गर्न नसकिने क्रूरता : बन्धक बनाएर २ महिना १० दिन सामूहिक बलात्कार, रक्तस्रावले मृत्यु
- बेलायतसँग वार्ताको पहलका लागि भूपू गोर्खाले गुहारे प्रधानमन्त्री र प्रचण्ड
- आजको मौसम झनै डरलाग्दो : यी स्थानमा भारी वर्षा
प्राथमिकता दिइएका केही परियोजनामा एङ्गोलामा एउटा सौर्य ऊर्जा परियोजना, सेनिगलमा खोप उत्पादन केन्द्र निर्माण र इजिप्ट र होर्न अफ अफ्रिकाहुँदै सिङ्गापुर र फ्रान्सलाई जोड्ने १,६०९ किलोमिटर दूरसञ्चार केबल बिच्छ्याउने पनडुब्बी आदि पर्छन् ।

यो अभियानलाई चीनको महत्त्वाकाङ्क्षी बीआरआई परियोजनालाई चुनौती दिने उपायका रूपमा प्रस्तुत गरिँदै आएको छ ।
सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले घोषणा गरेको बीआरआईले उदीयमान देशहरूलाई बन्दरगाह, सडक र पुलजस्ता पूर्वाधार निर्माणका लागि सहयोग गर्दै आएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

