काठमाडौं । मुसा नियन्त्रण गर्न नसकेपछि प्रहरीले बिरालोसँग सहयोग मागेको छ । मुसा आतंक कम गर्न भारत, कर्नाटकको एक प्रहरी चौकीले बिरालोलाई तैनाथ गरेको हो ।
प्रहरी चौकीमा मुसाले हैरान बनाएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
मुसाहरूले प्रहरी चौकी वरिपरि दौडने मात्रै होइन, चौकीमा राखिएका महत्त्वपूर्ण फाइलहरू (दस्तावेजहरू) ध्वस्त पार्न थालेका छन् । त्यसपछि सो समस्या समाधान गर्न बिरालाहरूलाई प्रहरी चौकीमा ल्याइएको हो ।

जानकारी अनुसार यो घटना कर्नाटकको गौरीबिदानुर गाउँमा रहेको प्रहरी चौकीको हो । बेङ्गलोर शहरबाट करिब ८० किलोमिटर टाढा रहेको यो प्रहरी चौकी सन् २०१४ मा बनेको थियो ।
इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार प्रहरी चौकीमा राखिएका फाइलहरू मुसाले काट्न थालेको प्रहरी चौकीले बताएको छ । त्यसैले सो समस्या समाधान गर्न बिरालोलाई प्रहरी चौकीमा राख्नुपर्ने तर्क गरिएको हो ।
द इन्डियन एक्सप्रेससँग कुरा गर्दै गौरीबिदानुर चौकीका उप निरीक्षक विजय कुमारले भन्नुभयो, ‘नजिकै एउटा ताल छ, मुसाहरूले बस्नको लागि हाम्रो चौकीलाई राम्रो ठाउँ बनाएजस्तो देखिन्छ ।
प्रहरी चौकीमा बिरालो ल्याएपछि मुसाको जोखिम कम भयो । हामीले भर्खरै थप बिरालो पनि ल्याएका छौं । हालसम्म बिरालोले तीन मुसा मारेका छन् ।’
उहाँले थप्दै भन्नुभयो, ‘प्रहरी चौकी र फाइल राखिएको कोठामा मुसा दौडिरहन्छन् । हामी दुई बिरालाहरूलाई दूध र खाना दिन्छौं, जो अहिले प्रहरी चौकीमा परिवार जस्तै छन् ।’
आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।
- पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति
- अमेरिकामा ट्रकमा मृत फेला परेका ४६ जनाको मृत्युको कारण यस्तो रहेछ
- अति क्यूट अभिनेत्री आयशा टाकियाले अप्रेशन गरेर अनुहार बदलेपछि फ्यानहरु चकित !
- चीनको बीआरआईलाई चुनौती दिन धनी राष्ट्रहरूले ६ सय अर्ब डलर परिचालन गर्ने
- अनौठो रुपमा नेपाल छिरेर भारत ल्याउँदै १३ नेपाली कुमारी बालिकालाई शिकार बनाएको दिनेश पक्राउ
- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नेता कारबाहीमा परे
- प्याजबाट लिनुहोस् शरीरमा चमत्कारी प्रभाव, पेटको बोसो चैट
- चर्चित पप गायिका शाकिरा फूटबलर पिकेसँगको डिभोर्सपछि अर्कै तनावमा
- अमेरिकाको एडफोर्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गणेश पाण्डेको डकुमेन्ट्री फिल्म छनोट
- काठमाडौंको मुटु कोटेश्वरमा भयानक दुर्घटना
- आजको मौसम झनै डरलाग्दो : यी स्थानमा भारी वर्षा
रिपोर्टका अनुसार कर्नाटकका धेरै विभागहरूले मुसा र लामखुट्टेको त्रासबाट बच्न धेरै पैसा खर्च गर्छन् ।
एक आरटीआई (सूचनाको अधिकार) प्रश्नले खुलासा गरेको छ कि कर्नाटक परीक्षा प्राधिकरणले मुसा र लामखुट्टेको खतरा रोक्न वार्षिक ८० हजार रुपैयाँ खर्च गर्छ । अर्को आरटीआई प्रश्नमा, यो खुलासा भयो कि राज्य सरकारले २०१० देखि २०१५ को बीचमा मुसा समात्न ३१ लाख रुपैयाँ भन्दा धेरै खर्च गरेको थियो ।
सबैको जानकारीको सेयर गर्नुहोस !!

