काठमाडौं । सरकारी बसमा महिला सुत्केरी भएकी छिन् । अब बच्चाले आजीवन बसमा निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।

भारत, महाराष्ट्रकी एक महिलाले जुन २६ मा तेलङ्गाना स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन (टीएसआरटीसी) को बसमा छोरोलाई जन्म दिइन् ।

अब टीएसआरटीसीले बच्चालाई जीवनभर निःशुल्क यात्राका लागि पास दिने घोषणा गरेको छ । द हिन्दुको रिपोर्ट अनुसार ती महिलाको नाम रत्नमल्ला हो । उनी महाराष्ट्रको नान्देड जिल्लाको किनवटकी हुन् ।

उनी परिवारका तीन जना महिलासँग चन्द्रपुर जाँदै थिइन् । बाटोमा उनलाई सुत्केरी ब्यथा थाल्यो । परिवारका महिलाले चालकलाई पीडा बढेको हुनाले बसलाई मानकापुर नजिकै सडकको छेउमा रोक्न अनुरोध गरेका थिए ।

त्यसपछि बसमा सवार महिला यात्रुले रत्नमल्ललाई बच्चा जन्माउने कुरामा सहयोग गरे । बस चालकले एम्बुलेन्सको आपतकालीन नम्बरमा फोन गरेको पनि बताएका छन् ।

फोन नलागेपछि बसभित्रै डेलिभरी भयो । सुत्केरीपछि महिला र बच्चालाई प्राथमिक स्वास्थ्य केन्द्र गुडीहटनूरमा भर्ना गरियो । स्थानीय सञ्चारमाध्यमका अनुसार आमा र बच्चा दुवै स्वस्थ छन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

घटनाको जानकारी पाएपछि आदिलाबादका डीएम विजय कुमार र डीभीएम मधुसूदनले अस्पताल पुगेर महिला र उनको बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । टीएसआरटीसीका अनुसार अब बच्चाले जीवनभर निस्शुल्क बस सुविधा पाउनेछ ।

टीएसआरटीसी बसमा बच्चा जन्मिएको यो कुनै नौलो कुरा भने होईन् । ३० नोभेम्बर, २०२१ मा, पेड्डाकोथापल्ली गाउँ नजिकै नगरकुर्नूल डिपो बसमा एक महिलाले छोरी जन्माएकी थिइन् ।

७ डिसेम्बर, २०२१ मा, एक सोही प्रकृतिको घटना बाहिर आएको थियो । त्यसबेला एक महिलाले सिद्धिपेट नजिकै आसिफाबाद डिपोमा बसमा छोरीलाई जन्म दिएकी थिइन् । यी नवजात बच्चाहरूलाई टीएसआरटीसी बसहरूमा यात्रा गर्न निस्शुल्क आजीवन पास दिइएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु